मन्थली विमानस्थलका प्रमुख निलम्बित

काठमाडाैं | कात्तिक १७, २०८०

मन्थली विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं:    दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ ।


प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।


यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।


प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।


शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्